रक्सीले मातेका मजदुरहरुबीच झडप हुँदा एक जनाको ज्यान गयो
रूपन्देही | असोज २, २०८०
रूपन्देही: तिलोत्तमामा दुई समूहबीच गएराति भएको झडपमा एकजनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।
विभिन्न जिल्लाबाट रूपन्देही गएका मजदुरहरुबीच गएराति तिलोत्तमा नगरपालिका–९ केउलानीमा झडप भएको प्रहरीलाई उदृत गर्दै तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा होटलमा बसेर जाँड रक्सी खाइरहेका उनीहरुबीच विवाद भएको थियो ।
विवादका क्रममा एक जनाले चक्कु प्रहार गर्दा हेटौँडा घर भइ रूपन्देहीको मङ्गलापुरमा बस्दै आएका सुरेश स्याङ्तानको ज्यान गएको हो । घाइते तीन जनाको उपचार भइरहेको छ भने चक्कु हान्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

